Rule 13
सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्ने

(१) नियम १२ बमोजिम दरखास्त प्राप्त भएपछि समितिले सो दरखास्त सम्बन्धमा आवश्यकता अनुसार जा“चबुझ गरी तत् सम्बन्धी विवरणहरु खुलाई सार्वजनिक जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि परियोजनाको विकास तथा संचालन गर्दा उल्लेखनीय कुनै प्रतिकूल प्रभाव पर्ने देखिएमा तत् सम्बन्धी विवरण खुलाई त्यसरी सूचना प्रकाशन भएको मितिले पैंतीस दिनभित्र समिति समक्ष सुझाव दिन सकिनेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको सुझावलाई समेत विचार गरी समितिले त्यस्तो उल्लेखनीय प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने सम्बन्धमा सम्बन्धित दरखास्तवालाले पालन गर्नु पर्ने कुराहरु अनुमतिपत्र दिंदा तोकि दिनेछ ।